गुल्मी । नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य मेटमणि चौधरीले अगामी निर्वाचनमा केपी ओलीले जनतासँग मत माग्ने नैतिकता गुमाइसकेको आरोप लगाएका छन् ।
एकीकृत समाजवादी पार्टीको प्रथम गुल्मी जिल्ला भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका चौधरीले यस्तो आरोप लगाएका हुन् ।
‘के अब केपी ओलीले नेतृत्व गरेको पार्टी चुनावमा हामीलाई विजयी गराएर पठाउनुस् हामी पटक–पटक संसद विघटन गरेर देखाउछाँै भन्दै भोट माग्छन् त ? ओलीले जनतासँग कुन नैतिकताले मत माग्छन् ?’ चौधरीले प्रश्न गरे ।
ओली नेतृत्वको पार्टी अब नेपालबाट छिटै नै विलय भएर जाने ठोकुवा गरे । चौधरीले कम्युनिस्ट पाटीको नाम वेचेर झापावाट पटक–पटक निर्वाचन जित्ने केपी ओलीलाई अवको निर्वाचनमा झापावाटै चुनाव जितेर देखाउन चुनौती दिए ।
ओलीले कम्युनिष्ट आन्दोलन समाप्त गर्न थालेपछि कम्युनिष्ट आन्दोलन जोगाउँनका लागि एकीकृत समाजवादी पार्टीको गठन गरिएको बताए ।