काठमाडौं । बंगालको खाडी र मध्य भारतमारहेका न्यूनचापीय प्रणाली क्रमशः उत्तरतिर सर्दा त्यसको प्रभावले नेपालमा पनि परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावसमेत परेको छ । यसैकारण मुलुकका विभिन्न भागमा बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनदेखि देशका अधिकांश भूभागमा बदलीदेखि हल्का तथा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार देशभर सामान्यदेखि पूर्ण बदलीरहने सम्भावना छ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकीर लुम्बिनी प्रदेशका धेरै स्थान, प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कतिपय स्थानमा भारी वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंगलबार उच्च पहाडी तथा हिमाली भूभागमा पनि वर्षासँगै हिमपातको सम्भावना छ ।
मुलुकका विभिन्न भागमा बदलीसँगै वर्षा हुन थालेपछि किसान चिन्तित हुन थालेका छन् । अहिले किसान पाकेको धान भित्र्याउने तयारीमा छन्। वर्षा लम्बिएमा धान भित्र्याउन समस्या हुन्छ ।