Logo
Logo

प्रतिनिधिसभाको बैठक सर्‍यो


882
Shares

काठमाडौं । कातिक नौ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक ११ गतेसम्मको लागि सरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले विशेष कारण देखाउँदै कातिक ११ गते बिहिबार दिउँसो २ बजेसम्मको लागि बैठक सारेका हुन् । उनले मंगलबार सूचना जारी गर्दै निर्धारीत समयमा प्रतिनिधिसभाको बैठक बस्न नसक्ने जानकारी दिएका छन् ।

सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सारेका संघीय संसदका महासचिव डा.भरतराज गौतमले जनाए ।

गत भदौ २३ गतेदेखि नै प्रमुख प्रतिपक्षि दल एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्