Logo
Logo

नगरिकको जीवन रक्षा, उद्धार र राहतको कार्य व्यवस्थित बनाउन कांग्रेसको माग


252
Shares

काठमाडौं । नेपाली कांग्रेसले बाढी, पहिरो तथा डुवानका कारण प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र रातहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारसंग माग गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ती जारी गर्दै बाढी, पहिरो र डुवानको कारणले देशका विभिन्न जिल्लाहरुमा जनधनको ठूलो क्षति भएको र जनजीवन अस्तव्यस्त भएको जनाएका छन् ।

प्रमुख सत्तारुढ दल कांग्रेसले विपद्को घडीमा प्रभावितको जीवनरक्षा, उद्दार र राहतलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीनै तहका सरकारलाई ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।

‘नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वट तहका सरकारहरुले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गर्न नेपाली कांग्रेस आग्रह गर्दछ’ मुख्य सचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई उपचारको व्यवस्था गर्न काँग्रेसले माग गरेको छ ।

यसका साथै कांग्रेसले आफ्ना भ्रातृ संगठन र शुभेच्छुक संस्थालाई परिचालित भई उद्दार, राहत र बसोबासको व्यवस्था मिलाउने कार्यमा जुट्न अपिल पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्