काठमाडौं । विगतमा शिक्षा विभागबाट चिनिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको रिक्त महानिर्देशकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव चूडामणि पौडेललाई तोकिएको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले आज मन्त्रिस्तरीय निर्णयबाट महानिर्देशकमा पौडेललाई नियुक्त गरेका हुन् । विद्यालय शिक्षा तथा अनौपचारिक शिक्षाका सङ्घीयस्तरका कार्यक्रमको कार्यान्वयन गर्ने निकायका रूपमा महानिर्देशक रहेको छ ।
केन्द्रका महानिर्देशक वैकुण्ठ आर्याल गण्डकी प्रदेशमा सरुवा भएपछि सो पद रिक्त रहेको थियो ।