Logo
Logo

आज यी स्थानमा बर्षासहित चट्याङको सम्भावना


2.6k
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको बिहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा परिरहेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरूमा वर्षा भइरहेको छ ।

आइतबार देखि परेको वर्ष बिहीबार पनि देशभर आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहने बताइन्छ ।

शुक्रवार पनि दिउँसोः प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पाइन्छ ।

शनिवार भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्