Logo
Logo

बागमती प्रदेशसभा बैठककाे निर्धारित समय सारियो


630
Shares

हेटौंडा । बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठकमा सारिएको छ । बैठकमा नेकपा एमाले सहभागी हुने भएपछि बैठक ३ बजेका लागि सारिएको हो । यसअघि बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो ।

फाइल फोटो

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि बिहीबार प्रदेशसभा बैठक आह्वान गरिएको हो ।
बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो । तर, विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएपछि एमालेले बैठकमा सहभागी हुने निर्णय गरेको हो ।

मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै मतदान हुने सम्भावना भने कम रहेको छ । सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री केशवराज पाण्डेले प्रदेशसभा आह्वान भएपछि उपस्थित नहुने भन्ने कुरै नआउने बताउँदै बैठकमा सहभागी हुने बताए ।
संसद् स्वतन्त्र हुने बताउँदै उनले कुनै दलको लागि संसद्को बैठक सार्ने भन्ने कुरा नहुने बताए । उनले भने, ‘त्यसैले हाम्रा उपलब्ध भएका सबै सांसद आजको बैठकमा उपस्थित हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्