Logo
Logo

प्रादेशिक सञ्चार प्रतिष्ठानमा मापदण्ड विपरित नियुक्ति भएको भन्दै आपत्ति


2k
Shares

काठमाडौं । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रादेशिक सञ्चार प्रतिष्ठान सञ्चालक समितिमा धमाधम गरिरहेको नियुक्तिप्रति विभिन्न पत्रकार संगठनले आपत्ति जनाएका छन् ।

बिहिबार प्रेस सेन्टर नेपाल, नेपाल प्रेस युनियन, समाजवादी प्रेस संगठन र प्रेस मञ्च नेपालले संयुक्त विज्ञप्ति जारी गर्दे प्रतिष्ठान जस्तो साझा निकायमा विधि, पद्धति र मापदण्ड विपरित एकलौटी ढङ्गले नियुक्ति गरेकोमा आपत्ति प्रकट गरेका हुन् ।

‘कानुनत निर्धारित समयभित्र संसदबाट विश्वासको मत प्राप्त गर्न नसकी सान्दर्भिकतामै प्रश्न उठिरहेको यस सरकारले हतार–हतार गरिरहेको नियुक्तिले पत्रकारिता क्षेत्रमा गलत नजीरमात्र स्थापित गरेको छैन, प्रादेशिक सञ्चार प्रतिष्ठानको गरिमालाई समेत ध्वस्त बनाउने कार्य भइरहेको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रादेशिक सञ्चार प्रतिष्ठानलाई राजनैतिक उद्देश्य पुरा गर्ने माध्यम नबनाउन र पत्रकारिता जस्तो जिम्मेवार क्षेत्रलाई राजनीतिको प्रभावमा नपार्न माग गर्दे भईरहेका नियुक्ति तत्काल रोक्न तथा नियुक्ति खारेज गर्न समेत विज्ञप्तिमार्फत माग गरिएको छ ।

‘गलत ढंगबाट भएका यस्ता नियुक्तिलाई सहजरुपमा स्वीकार गर्न नसकिने स्पष्ट पार्दै यस्ता प्रलोभनमा नपर्न सम्पुर्ण श्रमजीवी पत्रकारहरुमा हार्दिक आव्हान समेत गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्