रौतहट । रौतहट प्रहरीले भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार सीमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्ररही टोलीले १ लाख ८० हजार भारतीय रुपैयाँसहित शिवहर जिल्ला ग्राम पंचायत वेलवाघाट वडा नं. ५ का २२ वर्षीय सुशिलकुमार साहलाई पक्राउ गरेको हो ।
![](https://sgp1.digitaloceanspaces.com/ahimages/drishtinews/uploads/2021/10/shah.jpg)
जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार ईशनाथ नगरपालिका वडा नं–१ बन्जरहास्थित बकैया खोलाको बाँधमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका साहले बोकेको झोला चेकजाँच गर्दा उक्त रकम फेला परेको हो ।
साहलाई शुक्रबार थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।