काठमाडौँ । प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेलगत्तै प्रदेशसभा बैठक स्थगित भएको हो ।
शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री आचार्यले विश्वास मतसम्बन्धी प्रस्ताव पेश गरेका हुन्।
सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबार हुने जानकारी दिए ।
त्यसका लागि कात्तिक ७ गते आइतबार दिउँसो १२ बजेका लागि बैठक बोलाइएको छ । शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र छलफल र मतदान गर्ने सहमति भएको थियो ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् ।
यो पनि :