काठमाडौं । शुक्रबार देशभर ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ३७६ परीक्षण गर्दा ७०८ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआरबाट ५७४ र एन्टिजेनबाट १३४ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा ७ हजार २५३ जनाको पीसीआर र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
त्यस्तै गएको २४ घण्टामा ११ जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।
त्यसैगरी सोही अवधिमा ९३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ८५ हजार ८१३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभर १० हजार ९६४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।