Logo
Logo

भीम रावलद्वारा कार्यदलको संयोजकबाट राजीनामा


12.7k
Shares

काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजक भीम रावलले राजीनामा दिने घोषणा गरेका छन् ।
आज (शुक्रबार) ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा रावलले संयोजकबाट राजीनामा दिने घोषण गरेका हुन् ।

उनले राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि बताए । बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै रावल भने– ‘जुन हाम्रो १० बुँदे सहमति थियो, त्यो कार्यान्वयन भएन । नभएपछि म भोलि लिखित रुपमा राजीनामा पत्र पठाउँछु भनेर जानकारी गराएको छु ।’

पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि नबढेको रावलले बताए । ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने ।

रावल गत असोज ११ गते कार्यलको संयोजक बनेका थिए । एमालेका विवादरत नेताहरुबीच असार २७ गते १० बुँदे सहमति भएको थियो । जसमा २०७५ जेठ २ गते पार्टी संगठनमा फर्काउने निर्णय गरेको थियो । तर केही स्थानमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेका असन्तुष्टि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्