Logo
Logo

भीम रावलको राजीनामा ठूलो कुरा होइन : ओली


9.6k
Shares

काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजक भीम रावलले दिएको राजीनामा ठूलो कुरा नभएको बताएका छन् ।

आज (शनिबार) एमाले पार्टी कार्यालय थापाथलीमा आयोजित भर्चुअल कार्यक्रममार्फत् देशैभरका वडा तहका अधिवेशनको उद्घाटन गरेर फर्किने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संयोजक रावलकाे राजीनामा ‘केही पनि होइन’ भनेर प्रतिक्रिया दिएका हुन् ।

ओलीले भने, ‘उहाँ (भीम रावल)ले राजीनामा के को गर्नुभयो ? के संयोजन सकिनँ भन्नुभयो । सहजीकरणको संयोजक हुनुहुन्थ्यो । मैले गरेर भएन भन्नुभयो । त्यत्रो ठूलो कुरा पनि होइन । केही पनि होइन ।’

शुक्रबारको स्थायी कमिटी बैठकमा फरक मत राख्दै रावलले कार्यदलको संयोजक र सदस्य समेत नरहनेगरि राजीनामा दिएका थिए ।

‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्