एजेन्सी । कोभिड–१९ को महामारी सुरु भएदेखि नै गर्भवती महिलाहरूमा यसले पार्ने असरबारे होसियारीसाथ ध्यान दिइएको छ ।
कुनै पनि नयाँ सङ्क्रामक रोग लागेमा गर्भवती महिला र उनमा भएको भ्रुणलाई असर गर्न सक्छ भन्ने विश्वासका कारण महिलालाई सङ्क्रामक रोगबाट सुरक्षित राख्न खोप वा औषधीको प्रयोगबारे अध्ययन गरिएको र १८ महिनाको अनुसन्धानपछि डाक्टर तथा अनुसन्धानकर्ताहरूले यसको खतराबारे सान्दर्भिक व्याख्या गरेका छन् ।
कोभिड–१९ को सङ्क्रमण गराउने सार्स–कोभ–२ का कारण संक्रमित अधिकांश गर्भवती महिलामा जटिल समस्या भएको अनुभव नगरिएको अध्ययनले देखाएको छ । यद्यपि कोभिडको भाइरसले हल्का वा कुनै लक्षण नदेखिने समस्या गर्भवती महिलामा भेटिएको निचोड अनुसन्धानले निकालेको छ ।
अध्ययनले अन्य व्यक्तिजस्तै केही गर्भवती महिलाले कोभिडको गम्भीर समस्या भने अनुभव गरेको पाइएको छ । आमाबाट यो भाइरस गर्भमा रहेको भ्रुणमा पास गर्ने सम्भावना पनि निकै दुर्लभ भेटिएको उक्त अध्ययनले देखाएको छ ।
तथापि, कोभिड भएका केही गर्भवती महिलाहरू भने कोभिडको सङ्क्रमणपछि असाध्यै अस्वस्थ भएको पाइएको छ । यस्तो अवस्थामा उनीबाट जन्मने बच्चा अपाङ्ग हुने वा मृत जन्मिने खतरा बढ्छ । सामान्य अवस्थामा जस्तै मोटो वा अश्वेत वा एसियाली गर्भवती महिलाहरूलाई पनि गम्भीर कोभिड हुने सम्भावना बढी हुन्छ ।
यी खराब नतिजाहरू सायद सार्स–कोभ–२ ले प्लासेन्टामा पार्ने असरसित सम्बन्धित छन् । यो पाठेघरको भित्री संरचना हो, जसले आमाबाट भ्रुणमा अक्सिजन र पोषक तत्वहरू पुर्याउँछ र अर्को दिशामा फोहोर उत्पादन हटाउँछ । तर प्लासेन्टामा हुने असरले महिला कति अस्वस्थ बन्ने भन्ने निर्धारण भने गर्दैन । त्यसैले सबै गर्भवती महिलालाई सङ्क्रमण हुनबाट जोगाउनु महत्वपूर्ण मानिन्छ ।
सन् २०२१ को जुलाईपछि बेलायतमा हरेक पाँच कोभिड सङ्क्रमित विरामी, जो गम्भीर विरामी भएपछि भेन्टिलेटरको सहयतासमेत लिनुपयो । एक विरामी गर्भवती रहेको भेटिएको छ ।
यसको अर्थ, यस अवधिमा १६ देखि ४९ वर्षका (प्रजनन उमेरका) गहन उपचारमा लागेका एक तिहाइ महिलाहरू गर्भवती थिए । यी महिलाहरूलाई खोप लगाइएन, जसले गर्दा तिनीहरूले यति धेरै गम्भीर घटनाहरू ब्यहोर्नुपरेको अनुसन्धानले बताएको छ ।
यी महिला बेलायतमा खोप कार्यक्रम सुरु हुँदा धेरैजसो गर्भवती भइसकेका थिए र खोप लिएका थिएनन्, किनकि त्यसो गर्ने कुनै स्पष्ट सिफारिस गरिएको थिएन ।
अहिलेसम्म, चिकित्सकीय तवरमा असुरक्षित गर्भवती महिलाहरूलाई मात्र कोभिड खोप लगाउने सुझाव दिइयो तथापि, हालै त्यो सल्लाहमा परिवर्तन आयो ।
गर्भावस्थाको बेला कोभिडको खतरा अझ स्पष्ट हुँदै गएकोले, गर्भवती महिलाहरूलाई गम्भीर कोभिडप्रति बढी खोप लगाउने र गर्भावस्थाको लागि हानिकारक खोपहुने कुनै संकेत नभएकोले सरकार र रोयल कलेज अफ प्रसूति विशेषज्ञ तथा स्त्रीरोग विशेषज्ञहरूले अहिले सबै गर्भवती महिलाहरूलाई कोभिडको लागि खोप लगाउन सल्लाह दिइरहेका छन् ।
साधारणतया, कोभिड खोप लगाएको व्यक्तिलाई सार्स–कोभ–२ भाइरस सङ्क्रमण हुने सम्भावना कम रहेको र संक्रमण हुँदासमेत गम्भीर कोभिड विकास हुनदेखि अत्यन्तै सुरक्षित रहेको पाइएको छ सर्भेक्षणले देखाएको छ ।
अमेरिका र बेलायतमा गरिएको अनुसन्धनात्मक अध्ययनले देखाएअनुसार मोडर्ना र फाइजरद्वारा विकसित एमआरएनए कोभिड खोपहरू पनि गर्भावस्थामा प्रभावकारी देखिए । यसमा कुनै सुरक्षाको चिन्ता रहँदैन बरू गर्भावस्थामा खोप लगाउँदा सार्स–कोभ–२ को संक्रमणको जोखिम कम हुन्छ ।
क्यानाडाको ओन्टारियोमा गरिएको अर्को एक अनुसन्धनात्मक तथ्यांकले देखाएअनुसार कोभिड खोपले गर्दा गर्भ तुहुने खतरा बढी भएको कुनै प्रमाण नपाइएको भेटिएको छ ।
उनीहरूले गर्भवती महिलाहरूमा हुने खोपका दुष्प्रभावहरूबारे पनि तोकेरै अनुसन्धान गरेका छन् । अध्ययनहरूले देखाएअनुसार खोप पछि छालाको सतहमा रातोपना देखिने, ज्वरो र गम्भीर थकानको दर गर्भवती तथा गैर–गर्भवती महिलाहरूमा तुलना गर्न सकिन्छ र वास्तवमा गर्भवती महिलाहरूमा मांसपेशी दुख्ने, जोर्नीको कडापन र टाउको दुख्ने समस्या कम हुन्छ ।
यी दुष्प्रभावहरूको दर गर्भावस्थाको तीन महिनापछिको समयमा खोप लगाएका महिलाहरूमा कम भेटिएको बताइएको छ । सार्स–कोभ–२ संक्रमणबाट खोप नलगाएका आमा र बच्चाको जोखिम कुनै पनि सम्भावित खोपको असरको जोखिमभन्दा निकै बढी हुन्छ ।
कसै–कसैले खोपले बच्चालाई दीर्घकालीन असर गर्छ भन्ने कुरा हामीलाई थाह छैन भन्ने तर्क गरे तापनि खोकी र इन्फ्लुएन्जाको लागि दिइने अन्य खोपहरू नियमित रूपमा गर्भवती महिलालाई दिइन्छ । यसबाट पनि हामी आत्मविश्वासका साथ केही तार्किक धारणाहरू बनाउन सक्छौं ।
एमआरएनए कोभिड खोप जस्तै यी खोपहरूले प्लेसेन्टा पार गर्दैनन्, जसले बच्चामा प्रभाब पर्ने खतरालाई कम गर्छ । गर्भावस्थामा नियमित रूपमा दिइने यी अन्य खोपहरूले बच्चालाई कुनै प्रतिकूल असर नपार्ने भएकोले कोभिड खोपले पनि असर गर्छ भन्ने सुझाव दिने कुनै कारण छैन ।