Logo
Logo

प्रधानमन्त्री देउवा आज प्रदेश नम्बर १ जाँदै


2.1k
Shares

काठमाडौं । लगातारको बर्षाले बाढी-पहिरो तथा डुबानले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्न आज प्रधानमन्त्री देउवा इलाम र पाँचथर जाने भएका छन् ।

इलाम र पाँचथरका पहिरो प्रभावित क्षेत्रमा हवाई निरिक्षण पछि प्रधानमन्त्रीले राँके बजारमा पाँचथर र इलामका प्रमुख जिल्ला अधिकारीबाट जानकारी लिने कार्यक्रम रहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले जानकारी दिए ।

ढकालका अनुसार पाँचथर र इलामको सिमाना चिसापानी पन्चंमीमा प्रधानमन्त्री देउवाको टोलीले केही बेर स्थलगत अनुगमन गर्नेछन् । सो जिल्ला संगै प्रदेश नम्बर १ अन्य जिल्लाहरु मारङ र सुनसरी पनि जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

अनुगमनमा प्रधानमन्त्रीसँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाललगायत मन्त्रीहरू पनि जाने सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा बिहीबार र शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लाका बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षण गरेर फर्किइसकेका छन् ।

अविरल वर्षाबाट आएको बाढी–पहिरोमा परी पाँचथरमा मृत्यु हुनेको संख्या ३० जना पुगेको छ । त्यस्तै इलाममा १३ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन् ।

पाँचथरमा अझै ४ जना बेपत्ता रहेका छन् भने १० जना घाइते छन् । देशभर बाढी पहिरोबाट मृत्यु हुनेको संख्या हेर्दा हालसम्म्मा पाँचथरमा बढी मृत्यु भएको गृहमन्त्रालयको तथ्यांकमा उल्लेख छ । छ ।

प्रतिक्रिया दिनुहोस्