काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा गोलाप्रथाबाट पेशी तोक्न सहमत भएका छन् । प्रधानन्यायाधीश जबराले मंगलबारदेखि गोलाप्रथाबाट पेशी तोक्न सहमत भएका हुन् ।
आइतबार नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग भएको भेटमा प्रधानन्यायाधीश जबराले केही मुद्दाको नमुनाको रुपमा गोला प्रथाबाट पेशी तोक्ने बताएका बारका एक पदाधिकारीले जानकारी दिए ।
भेटमा प्रधानन्यायाधीश जबराले मंगलबार अदालतको फुलकोर्ट बैठक बोलाउन पनि सहमति जनाएका छन् । नेपाल बार र सर्वोच्च अदालतबीच विवाद बढ्दै गएपछि प्रधानन्यायाधीश जबराले बारका पदाधिकारीसँग भेट गरेका हुन् ।
अदालतको विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि सुझाव दिन न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा गठित समितिले स्वचालित पद्धति (अटोमोसन) बाट मुद्दाको पेशी व्यवस्थापन गर्न र अटोमोसनमा नजाँदासम्म गोला प्रथाबाट पेशी तोक्न सुझाव दिएको थियो ।