काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवासमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
बाढी र पहिरोबाट प्रभावित सुदूरपश्चिम र प्रदेश नं १ का विभिन्न क्षेत्रको निरिक्षणपछि काठमाडौँ फर्किएका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक ढाकेका हुन् ।
आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने र सरकार सञ्चालनका सन्दर्भमा हुने नियमिति काम कारबाहीबारे पनि छलफलको एजेण्डा रहेको प्रधानमन्त्री स्रोतले बतायो ।