Logo
Logo

‘प्रधानन्यायाधीश जबराले २/३ घण्टाभित्रै राजीनामा दिनुपर्छ’


3.8k
Shares

काठमाडौँ । वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अब ढिलो नगरी अब २÷३ घण्टाभित्रै राजीनामा दिनुपर्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले न्यायलय र व्यक्तिगत क्षति रोक्ने हो भने तत्काल प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताएका हुन् ।

श्रेष्ठले अहिलेको प्रधानन्यायधीशले पदको गरिमालाई कायम गर्न नसकेको पनि गम्भीर आरोप लगाए । उनले जुनियर न्यायाधीशलाई साथमा लिएर महत्वपूर्ण फैसला गर्ने काम पनि प्रधानन्याधिशले गरेको जिकिर गरे ।

त्यस्तै पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले अहिलेको अवस्थामा न्यायालयको साख जोगाउनको लागि प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले निकास दिनुपर्ने बताए । प्रधानन्यायाधीशले कार्यपालिकासँग भागबण्डा खोजेको विषयमा पनि प्रश्न उठेको उनको भनाई छ ।

साक्षात्कारमा वरिष्ठ अधिवक्ता महेश नेपालले प्रधानन्यायाधीश जबराले आफ्नो स्वेच्छाले राजीनामा दिए अलग कुरा भएको तर कसैले माग्दैमा प्रधानन्यायाधीशले राजीनामा दिन नहुने धारणा राखे । प्रधानन्यायाधीश जबराको सवालमा कुनै एउटा विषयलाई हेरेर हट्नुपर्छ वा पर्दैन भन्न नहुने उनको भनाई छ ।

त्यस्तै, वरिष्ठ अधिवक्ता परशुराम कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएर फेश सेभ गर्नुपर्ने धारणा राखे । १४ न्यायाधीशले फूलकोर्टमा जाँदैनौं भन्नु ठूलो प्रश्न भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्