काठमाडौं । नेपाल बार एशोसिएनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा मागेको छ । मंगलबार बसेको बार एशोसिएनको बैठकले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।
राजीनामा नदिए प्रधानन्यायाधीशविरुद्ध देशव्यापी आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ । महासचिव लीलामणि पौड्यालले जारी गरेको विज्ञप्तिमा न्यायपालिकाको नेतृत्वमा रहेको व्यक्तिलाई भाग दिएको र न्यायाधीशहरूलाई मानपदवी दिएको भन्दै सरकारको पनि आलोचना गरिएको छ ।
विज्ञप्ति जारी गरी भनेको छ, ‘‘वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन सम्मानननीय प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराज्यूले अविलम्व राजीनामा दिई मार्गप्रशस्त गर्नु नै उपयुक्त हुन्छ भनी नेवाएको सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा नेबाएको मिति २०७८/०७/५ गतेदेखिको निरन्तर बैठकको निर्णयअनुसार उहाँलाई पद त्याग गर्न आह्वान गर्दछौं ।’
त्यस्तै, नेपाल बारले संविधान संशोधनको विषय पनि उठाएको छ । संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको सहभागिता, संसदीय सुनुवाइमार्फत न्यायाधीशको नियुक्ति लगायतका विषयमा संविधान संशोधन गर्नुपर्ने नेपाल बारको ठहर छ ।