काठमाडौं । चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज नेपाल ल्याइएको छ ।
सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरर्गत खरीद गरेको उत्त खोप आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा ल्याइ पुर्याइएको हो । कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो लटको खोप हो ।
स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ र सोही सम्झौँताको पहिलो लट आज ल्याएको हो ।