Logo
Logo

प्रधानन्यायाधीशको इजलास सुरु, न्यायाधीशहरु आन्तरिक छलफलमा


2.7k
Shares

काठमाडौं । न्यायाधीशहरुको विरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ सुरु भएको छ ।

१४ जना न्यायाधीशले पेसी बहिष्कार गरिरहेकै बेला बुधबार प्रधानन्यायाधीश जबराले आफूमात्रै रहने गरी पूर्ण इजलास पनि तोकेका थिए ।
प्रधानन्यायाधीश राणाले बुधबारका लागि ११ इजलास तोकेका छन् । तर, अन्य इजलास हुने सम्भावना कम रहेको छ ।

प्रधानन्यायाधीशले आफ्नै इजलासमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा रहेको छ ।
त्यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा रहेका छन् ।

अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै दुई दिनदेखि इजलास बहिष्कार गर्दै आएका छन् । इजलास बहिस्कार गर्ने न्यायाधीशहरूले आजै आन्तरिक छलफल गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्