काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो २ बजो बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्नेछन् ।
पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको विवादबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनु पर्ने माग उठिरहेका बेला प्रतिनिधि सभाको बैठकलाई यसपटक चासोका साथ हेरिएको छ ।
प्रमुख प्रतिक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोेध गर्दै आएको छ । आज पनि एमलेको अवरोध कामय रहनेछ । सो कारण अझै संसद् सुचारु गर्नेबारे दलहरूबीच सहमति हुन सकेको छैन ।