Logo
Logo

प्रधानन्यायाधीशको एकल इजलासमा २८ मुद्धा, न्यायाधीशहरु विरोधमा छलफल गर्दै


3.6k
Shares

काठमाडौं । सर्वोच्चका न्यायाधीशहरुले राजनीमा माग गरिरहेका बेला प्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबराले धमाधम आफ्नै एकल एजलासमा पेसी तोक्दै सुनुवाइ गर्न थालेका छन् ।

बुधबार आफ्नो इजलासमा पाँच मुद्धाको सुनुवाइ गरेका प्रधानन्यायाधीश राणाले बिहीबारका लागि आफ्नो एकल इजलासमा २८ वटा मुद्धाको पेसी तोकेका छन् ।

सर्वोच्चका अन्य न्यायाधीशहरु इजलास बहिष्कार गरेर पेसीकोअ वज्ञा गर्दै आएका छन् । तर, न्यायाधीशहरुको अवज्ञालाई चुनौती दिँदै प्रधानन्यायाधीश जबरा एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाई गरिरहेका हुन् ।

बिहीबार प्रधानन्यायाधीश जबराले आफ्नो इजलासमा प्रसिद्ध समृद्ध इन्भेष्टमेन्ट एण्ड बिल्डर्स प्रालि, टासी सान्डुप गुरुङ र सान्डुप घले भन्ने सान्डुप गुरुङको लागु औषधसम्बन्धी मुद्दा, शेख सम्सुर एलोनको लागूऔषधलगायतका मुद्दामा पेसी तोकेका छन् ।

प्रधानन्यायाधीश जबरा आफ्नो एकल इजलासमा सुनुवाइ गरिरहँदा उनीविरुद्ध उत्रिएका न्यायाधीशहरूले छलफलमा जुटेका छन् । बिहीबार पनि न्यायाधीशहरु छलपलमा जुटेका छन् । प्रधानन्यायाधीशले तोकेका पेसी बहिष्कार गर्नकै आफूहरुले बैठक राखेको एक न्यायाधीशले बताए ।

प्रतिक्रिया दिनुहोस्