काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो ।
गत भदौ २३ गतेदेखि सुरु भएको अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा पनि एमालेले अवरुद्ध गरेको थियो ।
एमालेले नाराबाजी गरेपछि प्रतिनिधि सभा कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको थियो।
एमालेको अवरोधबीच संघीय संसद्को चालु अधिवेशनले बजेट पारित गरेको थियो । बजेट पारित गर्नुका अलावा संसद्को यो अधिवेशनले अन्य काम भने गर्न सकेन । एमालेले अध्यादेश ल्याएर पार्टी विभाजनको आरोप लगाउँदै संसद्मा अवरोध गर्दै आएको छ ।