काठमाडौं । मेलामा भलिबल प्रतियोगिता हेर्न गएकी जाजरकोटकी एक १५ वर्षीय बालिकामाथि बलात्कार भएको छ । रूकुम पश्चिममा लाग्ने स्थानीय बाँकेज्युलाको मेलामा मंगलबार साँझ बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुममा डिएपी धुव्र क्षेष्ठले दृष्टिन्यूजसँग कुरा गर्दै बालिकालाई आठविसकोट नगरपालिका–१४ का २६ वर्षीय झलक जैसीले बलात्कार गरी फरार भएको बताए । उनले भने, ‘अनुसन्धानका क्रममा श्रेष्ठले यसअघि पनि यस्तो हर्कत गरेको पाइयो । त्यसैले यो उनको पहिलो घटना होइन ।’ प्रहरीका अनुसार अनुसन्धानका क्रममा ती युवकले यसअघि पनि पटकपटक बालिकामाथि बलात्कार गरेको खुल्न आएको छ ।
बिहीबार बालिकालाई रुकुमको बाँकेज्युला पूलनजिकै मेला लागेको स्थानबाट ५ मिनेट टाढा बालिकाकाका आफन्तले पीडित र पीडकलाई भेटेका थिए । बालिका बेहोस अवस्थामा थिइन । अस्पतालसम्म आफन्तले लैजाँदा पीडक पनि सँगै रहेको प्रहरीले बताएको छ । बालिकाको होस खुल्नेवित्तिकै पीडक फरार भएको प्रहरीको भनाइ छ ।
बालिकाले घटना खुलाएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । डिएपी क्षेष्ठका अनुसार बालिकाको अवस्था गम्भीर भएकाले रुकुमको आठबिसकोटमा सामान्य उपचारपछि बिहीबार नेपालगञ्ज अस्पताल पठाइएको छ । फरार आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।