Logo
Logo

प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलनको घोषणा


126
Shares

काठमाडौं । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनको घोषणा गरेको छ । यसअघिको ‘अल्टिमेटम’ अनुसार जबराले पदबाट राजीनामा नदिएको भन्दै बारले शुक्रबार थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आज बसेको बारको बैठकले न्यायपालिकामा भएको समस्या र बारको निर्णय देशभरका ९० वटै इकाइमा परिपत्र पठाएर ९० वटै वारसँग छलफल गर्ने निर्णय गरेको छ । त्यस्तै कात्तिक १४, १५, १६ र १७ गते कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने र १७ गते धर्ना दिने निर्णय गरेको छ ।

प्रधानन्यायाधीशलाई अब इजलासबाट आफ्नो इजलासबाट कुनै पनि फैसला, निर्णय र आदेश नगर्न माग गर्ने र यति गर्दा पनि राजीनामा नदिए देशभर आन्दोलन गर्ने बार बैठकले जनाएको छ ।

त्यसैगरी आइतबार आन्दोलनको रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको छ । त्यस्तै बैठकले सबैलाई न्यायालय शुद्धिकरण अभियानमा नेपाल बारले सुरु गरेको आन्दोलनमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्