काठमाडौं , २४ वैशाख ।
यातायात व्यवस्था कार्यालय कोसीका तत्कालीन लेखापाल सुरेश अधिकारीविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पाँच करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ बिगो दाबी गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अधिकारीले चार श्रीमतीका नाममा सम्पत्ति राखेको अनुसन्धानमा खुलेको छ ।
पदीय मर्यादा विपरित कार्य गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले अधिकारीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अधिकारीले आर्जन गरेको करोडौं रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ । उनी वि.सं. २०५९ देखि ६० सम्म रोल्पाको तेवाङ्ग गाविसमा सचिव थिए ।
त्यसपछि २०६० देखि २०६५ सम्म उनी नेपाल टेलिकमको सहायक तह ४ को पदमा कार्यरत थिए। टेलिकमपछि उनी निजामती सेवामा छिरेका थिए । लेखापाल पदमा नियुक्ति भई उनी कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुर पुगेका थिए । भोजपुरबाट सरुवा भइ झरेका उनी २०६७ देखि २०७४ सम्म यातायात व्यवस्था कार्यालय कोशी, इटहरीमा लेखापालको पदमा कार्यरत रहेका थिए ।
टेलिकमपछि उनी निजामती सेवामा छिरेका थिए । लेखापाल पदमा नियुक्ति भई उनी कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुर पुगेका थिए । भोजपुरबाट सरुवा भइ झरेका उनी २०६७ देखि २०७४ सम्म यातायात व्यवस्था कार्यालय कोशी, इटहरीमा लेखापालको पदमा कार्यरत रहेका थिए ।
२०७४ बैशाख ६ गते निलम्बनमा परेका अधिकारीको २०५९ देखि २०७५ सम्म आयआर्जन र सम्पत्तिको अनुसन्धान गर्दा तलव¸ प्रोत्साहन भत्ता¸ जग्गा विक्री¸ नगद अंश भर्र्पाइ र कर्जासहितबाट जम्मा ८८ लाख ३४ हजार ८ सय देखिएको छ । त्यही अवधिमा अधिकारीले आफ्नो र चार श्रीमतीको नाममा सम्पती जोडेका थिए । श्रीमतीहरु दुर्गा अधिकारी¸ दिपा श्रेष्ठ (अधिकारी)¸ सुस्मिता अधिकारी र सोममाया श्रेष्ठको नाममा सम्पती लुकाएको खुलेको छ।
उनका चार श्रीमतीमा दुर्गा अधिकारी, दीपा श्रेष्ठ अधिकारी, सुस्मिता अधिकारी र सोममाया श्रेष्ठ छन् । सबैका नाममा अकुत सम्पत्ति राखेको पाइएकाले उनीहरूविरुद्धसमेत मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
अधिकारीले सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम शर्मासमेतको नाममा पनि सम्पत्ति राखेकाले उनीहरूविरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।