Logo
Logo

मोटरसाइकललाई ठक्कर दिएर भाग्यो मन्त्रीको गाडी


9.3k
Shares

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिएर भागेको छ । आपूर्ति मन्त्री जय शाही चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो।

बिहीवार मन्त्री शाही चढेको भे१झ ३३१ नम्बरको गाडीले लु७८प ५६६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बिहीवार दिउँसो ४ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा रुपन्देहीको तिलोत्तमा–३ शंकरनगरमा बुटवल उपमहानगरपालिका–१२ तामनगर निवासी २० वर्षीय मिगिन मगरको मोटरसाइकललाई ठक्कर दिएको छ ।

दुर्घटनालगत्तै मन्त्री शाही अर्को गाडीमा चढेर फरार भएका स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते मिगिन मगरलाई आफन्तले उपचारका लागि अस्पताल पुर्‍याएका छन् । घटना भएको केही समयपछि मात्रै ट्राफिक प्रहरी घटनास्थल पुगेको थियो ।

ईलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी पंकज चुदालीले घाइतेको क्रिमसन अस्पताल तिलोत्तमामा उपचार भइरहेको बताए । घाइतेको अवस्था सामान्य रहेको र ठक्कर दिने गाडी प्रहरीको नियन्त्रणमा रहेको चुदालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्