Logo
Logo

एमालेको महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक २७ मा


2.1k
Shares

काठमाडौँ । नेकपा (एमाले)ले कात्तिक २७ गते देशैभरी एकैचोटी महाधिवेशन प्रतिनिधिको चयन गर्ने भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आज बसेको केन्द्रीय कमिटी बैठकले कार्तिक २७ गते देशैभरी एकैदिन महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने निर्णय गरेको छ ।

हिजो बसेको स्थायी कमिटी बैठकले गरेको निर्णयमा संशोधन गर्दै केन्द्रीय कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या १९ सय ९९ हुने निर्णय गरेको छ । स्थायी कमिटीको बैठकले १५३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको थियो ।

एमाले सचिव प्रदिप ज्ञवालीले स्थायी कमिटीको बैठकले गरेको निर्णयमा संशोधन गर्दै केन्द्रीय कमिटीले गरेको निर्णय अनुसार महाधिवेशनमा प्रतिनिधि सभहभागी हुने बताए । केन्द्रीय कमिटीको अर्को बैठक चितवनमा महाधिवेशन उदघाटन हुने अघिल्लो दिन बस्ने निर्णय बैठकले गरेको ज्ञवालीले बताए ।

१० औं महाधिवेशनमा मंसिर १० देखी १३ गतेसम्म चितवनमा हुने निर्णय यसअघि नै भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्