काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले आँफूसँग भएको तीन बुँदे सहमति सरकारले भाँड्न खोजेको बताएका छन् । सरकारले सहमति भाँड्न खोजेर मुलुकमा अशान्ति निम्त्याउन चाहेको भन्दै तत्काल सहमति कार्यान्वयनका लागि चेतावनीसमेत दिए ।
तीन बुँदे भाँडेर नेकपालाई घेराबन्दी गर्न खोजेको भन्दै उनले सरकारको यो घेरा सहजै तोड्ने चेतावनी दिए । ‘हामीसँग सरकार आँफैले गरेको सहमति कार्यान्वयन गर्न चाहन्न,’ नेकपाको राष्ट्रिय युवा संगठनको राष्ट्रिय सम्मेलनलाई शनिबार घोराहीमा सम्बोधन गर्दै चन्दले भने ‘सरकारले नेपालमा अशान्ति निम्त्याउन खोजेको छ।’
तीन बुँदे कार्यान्वयनका लागि आफूले आग्रह गर्दा हामीहरुसँग हतियार रहेको भनेर सरकारले आशंका गरिरहेको उनको भनाइ छ । तर तीन बुँदे सहमतिपछि मात्रै हतियार भए नभएको कुरा खोल्ने चन्दको भनाइ छ। ‘सुरुमा त तीन बुँदे सहमति भएको हो नि, पहिला त्यो तीन बुँदे कार्यान्वयन गरौँ, अनि हतियार भए, नभएको भनौँला नि,’ उनले भने ‘फेरि प्रचण्डले सबै हतियार बुझाई सकेका हुन् नि, हामीसँग कहाँबाट हतियार आउनेरु छैन भन्दा पनि विश्वास मान्दैनन् ।’, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।