Logo
Logo

स्टिङ अप्रेसनका सबै मुद्दामा सफाइ


6.4k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएका भ्रष्टाचार मुद्दामा ‘स्टिङ अप्रेसन’ मार्फत संकलन गरिएका प्रमाणलाई सर्वोच्च अदालतले अस्वीकार गर्न थालेको छ ।

गत वैशाख ८ मा संवैधानिक इजलासले स्टिङ अप्रेसनसम्बन्धी कानुनलाई अवैध ठहर गर्दै बदर गरिदिएयता सर्वोच्च अदालतले त्यसरी संकलित प्रमाणलाई अस्वीकार गर्दै घूस मुद्दामा सफाइ दिइरहेको छ ।

घूस रकम बरामदका नाममा अख्तियारले गर्ने स्टिङ अप्रेसन नेपालको संविधान र भ्रष्टाचार निवारण ऐनका प्रावधानसँग बाझिएको भन्दै संवैधानिक इजलासले स्टिङसम्बन्धी कानुनी व्यवस्थालाई बदर गरिदिएको थियो ।

त्यसअघि नै अख्तियारले स्टिङ अप्रेसन गरी विशेष अदालतमा मुद्दा चलाएको र विशेषले गरेको फैसलाविरुद्ध पुनरावेदन गरिएका मुद्दाहरूमा अहिले सर्वोच्चले फैसला गरिरहेको छ ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्