काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट कार्यकर्ताको भेलाले राजु कँडेलका अध्यक्षतामा १०१ सदस्यीय नुवाकोट–काठमाडौँ सम्पर्क मञ्च गठन गरेको छ ।
पार्टी उपमहासचिव डा. विजय पौडेल, केन्द्रीय सदस्य तथा नुवाकोट इञ्चार्ज राजेन्द्रप्रकाश लोहनी, जिल्ला नेता राम थापालगायतका उपस्थितिमा शनिबार भएको भेलाले उपाध्यक्षमा गोमा आले, दीपक तामाङ र गोकर्ण थापा तथा सचिवमा सुदर्शन जिसीलाई चयन गरेको छ ।
सोही अवसरमा श्रीकृष्ण अधिकारीका अध्यक्षतामा २१ सदस्यीय युवा संघ नेपाल सम्पर्क कमिटी पुनःगठन गरिएको छ भने नुवाकोटका १२ वटै स्थानीय तहका करिब सय जना व्यक्ति एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।