रूपन्देही । कार्ययबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचनसम्म अहिलेको सत्ता गठबन्धन कायम रहने बताएका छन् ।
आइतबार गृहजिल्ला रुपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा उनले संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ बजबुद बनाउन निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका हुन् ।
उनले भने, ‘हामीलाई विश्वास छ, संघीय लोकतान्त्रिक गणतन्त्र सबैको लागि स्वीकार्य हुनेछ, संविधान र व्यवस्थाकाप्रति सबैको स्वामित्व स्थापित हुनेछ ।’