काठमाडौं । कार्यबहाक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका छन् ।
सोमबार सिंहदरबारमा बसेको सरकारको केन्द्रीय सुरक्षा समितिको बैठकमा खाँडले चाडपर्वका बेला हुन सक्ने अपराधिक घटनाहरुलाइ रोक्नका लागि मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका हुन् ।
बैठकले चाडवाडका बेला भीडभाड कम गरेर कोरोना संक्रमणको जोखिम घटाउन आग्रह गरेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए । यसअघि पनि भीडभाड नियन्त्रण हुन नसक्दा कोरोना संक्रमण बढेको र अव कोरोनालाई बढ्न नदिन सवै सुरक्षा अंगहरुले उच्च सतकर्ता अपाउने निर्णय भएको पोखरेलले बताए । स्वास्थ्य सर्तकता र संक्रमण बढ्न नदिने बिषयमा नै छलफल केन्द्रीत भएको उनको भनाई छ ।
बैठकमा रक्षामन्त्री डा.मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा.नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगाएत सवै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।