Logo
Logo

दीपक मनाङेको सम्पत्ति २२ तोला सुन, ऋण ६ करोड


1k
Shares

पोखरा । मन्त्री भएको ५ महिनापछि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले आफूसँग २२ तोला सुन र ४५ तोला चाँदी र मुगाको माला ८३ तोला भएको बताएका छन् । उनले सुनचाँदी वैदेशिक रोजगार र व्यवसायबाट आर्जन गरेको र मुता पैतृक सम्पत्ति भएको खुलाए ।

सम्पत्ति विवरण सार्वजनि गर्दै उनले आफू ऋणमा रहेको खुलाएका छन् । कूल ६ करोड १० लाख रुपैयाँ ऋण भएको उल्लेख गरेका छन् ।

मन्त्री मनाङेले सांसद र मन्त्री हुँदा प्राप्त गरेको १० लाख ४९ हजार ५३६ रुपैयाँ एभरेष्ट बैंक पोखरामा मौज्दात रहेको उल्लेख गरेका छन् । उनले आफूसँग कुनै पनि सवारी साधन र घर नभएको सम्पत्ति विवरणमा जनाएका छन् । मन्त्री मनाङेले संघर्ष गाईभैंसी प्रालि नामक आफ्नो फार्ममा २० वटा भैंसी र ५ वटा गाई रहेको जनाएका छन् । मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं–२९ धर्मस्थलीमा कित्ता नम्बर २४, ६७, ७६ को जग्गा प्रतिआना ९ लाख रुपैयाँमा किनेको उल्लेख गरेका छन् ।

यसैगरी उनले मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरि–२ मा ३ रोपनी जग्गा रहेको उल्लेख गरेका छन् । मकवानपुर, पदमपोखरीमा १ रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोराको नाममा १५ आना जग्गा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । त्यसैगरी उनले कर्म गुरुङसँग ४० लाख, रमेश रानासँग ४० लाख, मनाङ फलफूल सप्लायर्ससँग ६० लाख, टीका भण्डारीसँग २ करोड ३५ लाख, टासी गुरुङसँग २ करोड ३५ लाख ऋण रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्