Logo
Logo

जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त


1.3k
Shares

काठमाडौं । पूर्वसहिमतिअनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् ।

मंगलबार दाबी पेश गरेका शाहीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार साँझ मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा शाहीले नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम मुख्यमन्त्री पदमा दाबी गरेका थिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्वसहमतिअनुसार सोमबार साँझ पदबाट राजीनामा दिएका थिए । महेन्द्रबहादुरको राजीनामासँगै जीवनबहादुर मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो ।

गत वैशाख ३ मा विश्वासको मत लिने क्रममा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र तत्कालिन नेकपा एमाले माधवकुमार नेपाल समूहबीच आलोपालोको आधारमा सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार शाही मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्