Logo
Logo

मेलम्चीको पानी तत्कालै उपलब्ध गराइनेछ : खानेपानी मन्त्री चौधरी


3.2k
Shares

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ बासीलाई मेलम्चीको पानी अस्थायी रुपमा भए पनि तत्कालै उपलब्ध गराउने बताएका छन् ।

खानेपानी आयोजनाका अधुरा कामको निरीक्षणका लागि झापा आइपुगेका मन्त्री चौधरीले आज नेपाल प्रेस युनियन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेलम्चीको पानी काठमाडौँ ल्याउने विषयमा विज्ञहरुको टोलीले निरीक्षण गरेको र आफूले स्थलगत निरीक्षणपछि तत्कालै काठमाडौँ बासीलाई अस्थायी रुपमा भए पनि खानेपानी उपलब्ध गराउने बताएका हुन् ।

आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौँ बासीलाई खुवाउने प्रतिबद्धता जनाएका मन्त्री चौधरीले यसअघिको सरकारले लोकप्रियताका लागि हतारमा मेलम्चीको पानी वितरण गरेको आरोप लगाए । मन्त्री चौधरीले झापामा सञ्चालित खानेपानीका अधुरा योजनालाई पूर्णता दिन लागि पर्ने उल्लेख गरे ।

उनले मुलुककै उत्कृष्ठ खानेपानी संस्थाका रुपमा चिनिएको बिर्तामोड साना सहरी खानेपानी आयोजनाका लागि यसै वर्ष थप उपकरण प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेलीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाईंले झापामा सञ्चालित खानेपानी आयोजनाका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्