काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलहरु जनता तर्साउदै हिड्ँने गरेको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा नेपालको राजनीतिक सन्दर्भ (घट्नाक्रमहरुको संगालो)’ पुस्तक विमोचन गर्दै श्रेष्ठले राजनीतिक दलहरु जनता तर्साउदै हिड्ँने गरेकाले प्रजातन्त्र नै कमजोर भएको आरोप लगाएका हुन् । श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसित भएको टिप्पणी पनि गरे ।
न्यायपालिका लगाएत जुनसुकै महत्वपूर्ण निर्णय पनि दलहरुको हस्तक्षेप गर्ने गरेको र त्यसमा स्वार्थ देखिएको उनले बताए । राजनीतिक दलहरूको गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सहि दिशाबोध गर्न नसकेको उनको भनाई छ ।
त्यस्तै उनले दलको स्वामित्व ग्रहण गर्ने जनता वस्तु नभएको बताए ।