काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक बर्षसम्म पनि लाइसेन्स पाएका छन् । परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीलाई १ वर्ष बित्दाससम्म पनि लाइसेन्स दिइएको छैन ।
एक वर्ष अगाडि नै परीक्षा उत्तीर्ण गरेपनि लाइसेन्स वितरणको काम बन्द भएपछि सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले गत बर्षको भदौ महिनादेखि स्मार्ट लाइसेन्स वितरणको काम बन्द गरेको थियो ।
विभागले कोरोनाभाइरसका कारण कार्ड खरिद गर्न नसकेको कारण स्मार्ट लाइसेन्सको छपाइमा अवरोध भएको बताउँदै आएको छ । विभागका अनुसार लाइसेन्स आउन अझै दुई महिना लाग्न सक्छ ।
विभागले सबै खरिद् प्रक्रिया सम्पन्न भइसकेकाले अबको दुई महिनाभित्र सबै काम सम्पन्न गरी वितरण गर्ने बताएको छ । १४ लाख स्मार्ट कार्ड आएसँगै तीन सिर्फटमा छपाईंको काम गरेर भएपनि वितरण गरिने विभागले जनाएको छ ।
विदेश जाने र अति आवश्यक भएकाको हकमा भने लाइसेन्स वितरणको काम सुचारु नै छ ।
विभागले दुई महिनाअघि पनि एक दुई महिनाभित्रै वितरण गर्ने तयारी गरेको बताएको थियो । विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई अस्थायी रुपमा एक बर्ष अवधिको परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ ।