Logo
Logo

देउवा र प्रचण्डले ‘एसीसी पारित गर्छौ’ भन्दै अमेरिकालाई पत्र लेखेको खुलासा


9.8k
Shares

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्न अमेरिकालाई पत्र पठाइसकेको खुलासा भएको छ ।

एमसीसी राष्ट्रहितमा नरहेको भन्दै चौतर्फी विरोध भइरहेको बेला देउवा र प्रचण्डले एमससी पास गर्छौ भनेर एमसीसीलाई पत्र लेखेको खुलासा भएको हो । उक्त खुलासा स्वयम् प्रधानमन्त्री देउवाले नै गरेका हुन् ।

स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी कोप–२६ सम्मेलनमा सहभागी भएर स्वदेश फर्केका प्रधानन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो खुलासा गरेका हुन् ।

प्रधानमन्त्री देउवाले एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग ग्लास्गोमै भएको भेटका क्रममा आफूले यस्तो जवाफ दिएको बताए ।

प्रधानमन्त्री देउवाले नै एमसीसी संसदबाट पास गर्ने भनेर पत्र पठाइसकेको बताएपछि चौतार्फी आलोचना र विरोधकाबीच संसदबाट एमसीसी पारित गर्न वर्तमान सरकारले पहल गर्ने बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्