कपिलवस्तु । श्रीमतीको हत्या गरी जंगलमा फालेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाराजगंज नगरपालिका–११ बाबा बनगाई बस्ने ४५ वर्षीय राम केवल लोनिया छन् ।
उनले आफ्नै श्रीमती ३५ वर्षीया चिन्का लोनियाको हत्या गरी जङ्गलमा फालेर फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले २०७८ असोज १७ गते दिउँसो बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा मानव कंकाल फेला पारेको थियो । कंकालको विषयमा अनुसन्धान गर्ने क्रममा चिन्का लोनियाको भएको ईलाका प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ ।
प्रहरीका अनुसार गत असोज २६ गते कर्तव्य ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको र कात्तिक ७ गते घटनास्थलमा फेला परेका चप्पल, कपडाहरुबाट उनको सनाखत भएको थियो ।
घटना सम्बन्धमा गोप्य रुपमा बुझ्दै जाँदा चिन्कालाई राम केवलले हत्या गरी नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बस्दै आएको भन्ने खुल्न आएको थियो ।
चिन्काले पर पुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर आपसी झगडा भएपछि श्रीमतीलाई मार्ने योजना बनाएका थिए । चिन्काले भदौ १५ गते जंगलमा बाती काट्ने काठ लिन जाने बहानामा जंगलमा लगी हसियाँले हत्या गरी भारततर्फ भागेको अनुसन्धानबाट खुल्न आएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।