Logo
Logo

उपत्यकाका पाँच वृत्तका डिएसपी फेरिए


213.1k
Shares


काठमाडौं । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको टक्करपछि ढिलो गरी ९५ डिएसपीको सरुवा गरेको छ । सरुवामा बदनाम डिएसपीहरु पुरस्कृत भएको चर्चा प्रहरीमा छ ।


सरुवामा उपत्यकाका पाँच वृत्तका इन्चार्ज पनि फेरिएका छन् । डिएसपी अनिल घिमिरेलाई कालिमाटी वृत्तको इन्चार्जमा खटाइएको छ । उनी दरबारमार्ग जाने प्रयासमा थिए ।
दरबारमार्ग वृत्तका काज भएका विश्वराज खड्कालाई नै पठाइएको छ । उनी पनि पटक पटक कारबाहीमा परेका र राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएका अधिकृत हुन् ।


बालाजु वृत्तमा गौतम मिश्रलाई पठाइएको छ । यसअघि सातदोबाटो वृत्तमा बसिसकेका मिश्र पैसा उठाउन र नेतालाई रिझाउन माहिर अधिकृत मानिन्छन् । थानकोट वृत्तमा डिल्लीनारायण पाण्डेय,जगाती वृत्तमा रामबहादुर केसीको सरुवा भएको छ ।


केही आकर्षक इप्रकामा पनि सरुवा भएको छ । इप्रका इटहरीमा खगेन्द्र खड्का, बुटवलमा ठगबहादुर केसी, नवलपुरमा शर्मिला गुरुङ, मिर्चैयामा हरि ओलीलाई पठाइएको छ । नगर प्रहरीमा डिएसपी कौशल बुढाथोकीको सरुवा भएको छ ।


विभिन्न जिल्लाका प्रमुख पनि फेरिएका छन् । सरुवाअनुसार तेह्रथुममा निशान थापा, रोल्पामा बिनोद घिमिरे, दैलेखमा भुवनेश्वर शाह, पाँचथरमा राकेश थापा, कालिकोटमा सिद्धराज न्यौपाने, सल्यानमा सुमित खड्का, प्यूठानमा सत्यनारायण थापाको सरुवा भएको छ । त्यस्तै बाजुरामा चर्तुभुज ओझा, जुम्लामा नरेन्द्र चन्दको सरुवा भएको छ ।


प्रहरी प्रधान कार्यालयले एसपीहरुको पनि सरुवाको तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्