काठमाडौं । प्रहरी प्रधान कार्यालयले चार जना डिएसपीको काज सरुवा गरेर इन्चार्जको जिम्मेवारी दिएको छ ।
इप्रका गजुरीमा भावेस रिमाल, वडा प्रहरी कार्यालय मोरङमा हरिनन्दन चौधरी, इप्रका बरहथावा सर्लाहीमा उमाशंकर प्रसाद यादब तथा इप्रका सुख्खड कैलालीमा लक्ष्मण बहादुर शाहीलाई पठाइएको छ ।
सामान्यतया अत्यावश्यक अवस्थामा काज सरुवा हुन्छ । तर, बिहीबार ९५ जना डिएसपीको सरुवा भएकै दिन चार डिएसपीको काज सरुवा निकालेर इन्चार्ज दिइएको छ । राजनीतिक हस्तक्षेपले काजको यस्तो बिकृती प्रहरीमा बढ्दै गएको छ ।