Logo
Logo

सबै कम्युनिष्ट पार्टीको एकता हुन्छ : विप्लव


2.6k
Shares

धनगढी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेपालमा भएका सबै कम्युनिष्ट पार्टीको एकता हुने बताएका छन् । शनिबार धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको ५औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै चन्दले एकता सम्भव रहेको बताएका हुन् ।

अहिले एमाले,माओवादी लगायतका पूर्व सहकर्मीहरुले समेत एकताको कुरा गरिरहेको विषयलाई लिएर चन्दले एकता गर्न सकिने बताएका हुन् । अहिलेको संसदीय व्यवस्था अनुसार एकता नहुने उनले प्रष्ट पारे । उनले महासचिव चन्दले मन्त्री खान, मुख्यमन्त्री खान, कुर्सीका लागि एकता नगर्ने बताए ।

अहिलेको व्यवस्थानै हटाएर संसदीय व्यवस्था नै खारेज गरेर एकताका लागि आए तयार रहेको उनले बताए । सबै कम्युनिष्ट एक हुनुपर्ने बताउँदै चन्दले अहिलेको संबिधान र व्यवस्था खारेज गरेर कार्यकारी राष्ट्रपति प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।

महासचिव चन्दले कम्युनिष्टलाई कम्युनिष्ट पार्टीले नै प्रतिबन्ध लगाएको भन्दै दुःख समेत व्यक्त गरे । गरिब, निमुखा जनता र राष्ट्रको बारेमा बोल्दा आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएपनि आमजनता र बुद्धिजीबि समाजको आवाजपनि प्रतिबन्ध फुकुवा गरेको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टीलाई आतकंकारीको संज्ञा दिने नेताहरु अहिले एकताको कुरा गरिरहेको र हतियारका कुरा गरिरहेको उनले बताए । देश र जनताकामाथि घात गर्नेका लागि हतियार आवश्यक नभएको भन्दै चन्दले आवश्यक परे ढुगां मुढाबाटै ठिक पार्न सकिने समेत बताए ।

भेलालाई सम्बोधन गर्दै चन्दले सत्ता कब्जा गर्न सफल वर्गले दलितमाथि विभेद गरेको बताए । दलित यो धर्तिका मालिक हुन्, उनले भने, ‘जति अरु जातीको यो धर्तिमा अधिकार छ, त्यति दलितको पनि अधिकार छ, यो जातीप्रर्थाको हामी विरोध गर्दर्छौँ ।’

अहिलेको कथित सत्ताभित्र सबै वर्ग छन् तर त्यो सत्तामा उपलब्धि भएन, उनले भने, ‘तल र माथि गर्ने काम सत्ता कब्जा गर्ने दलालहरुले गरेका हुन् । अब यो दलित भन्ने शब्दनै हटाउनुपर्छ । यो कथित सत्तामा जानका लागि मन्त्री खाने, सांसद खाने लोभले नजानुस् साथीहरु विभेद गर्नेहरुका पछि पछि नलाग्नुस्, उनले भने ।

हामीसंग हतियार छ, विदेशीसंग मिलेको छ नेपाल कम्युनिष्ट पार्टी भनेर भन्ने गरिन्छ, उनले भने, ‘यी सब झुट कुरा हुन्, हामीले फेरी लडाई लड्नुपरे हतियार चाहिँदैन । हामी डुगां, मुढा लिएरै लड्न सक्छौँ सबै जनता हामीसंगै हुने छन् ।’

एनसेलको कर नलिएर उसको पैँसामा मस्ती गर्न पल्केका नेताहरुलाई तह लाउने कि नलाउने उनले भने, ‘हामी यस्तै भए हतियार उठाउने छौँ । हामी जनतालाई भन्नेछौँ नेपालमा हतियार उठाउने समय आयो घर—घरबाट हतियार उठाउनुस भनेर । तर अहिले समय आएको छैन ।’

प्रतिक्रिया दिनुहोस्