Logo
Logo

कांग्रेस केन्द्रीय समिति बैठक आज


630
Shares

फाइल तस्वीर

काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । महाधिवेशन तयारीबारे छलफल गर्न आइतबार दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो ।

शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तयार पारेको छ । उक्त एजेन्डा आज केन्द्रीय कार्यसमितिमा पेश गर्ने पार्टीको तयारी छ ।

केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका आज केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनका अनुसार महाधिवेशनमा भातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ ।

यस्तै मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने एजेन्डा पनि केन्द्रीय समितिमा पेश गरिने जनाइएको छ । समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे पनि केन्द्रीय समितिमा छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्