Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?


378
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा आंशिक बदली रहने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति प्रदेश १, गण्डकी सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइछ ।

त्यस्तै गण्डकी प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । देशभर न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्