Logo
Logo

विरोधका बाबजुद १० इजलास तोकियो


1.5k
Shares

काठमाडौं । नेपाल बार एशोसिएशन तथा कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालतमा आइतबार प्रवेश गर्न नदिने गरी घेराउ गर्दैछ । यसैबीच आजका लागि सर्वोच्च अदालतमा १० वटा इजलास तोकिएको छ । तर, प्रधानन्यायाधीश जबराको भने भने राखिएको छैन ।

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् । कानुन व्यवसायीको आन्दोलनका लागि झण्डै एक महिनायता न्यायलय अवरुद्ध हुँदै आएको छ ।

बारले बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दाको बहसमा सहभागी नहुने निर्णय गरिसकेको छ । सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र हेर्ने घोषणा गरेपनि आइतबार विभिन्न प्रकारका मुद्दालाई समेटेर इजलास गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्