Logo
Logo

बारको विरोधमा प्रदर्शन गर्ने ५ जना पक्राउ


945
Shares

काठमाडौं । सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने ५ जना पक्राउ परेका छन् । प्रहरीले सर्वोच्च बारको विरोधमा प्रदर्शनमा उत्रिएका गोरखाको फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जनालाई आइतबार बिहान पक्राउ गरेको हो ।

प्रधानन्यायाधीशको समर्थनमा प्रदर्शन गर्ने उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीशलाई कार्यालय प्रवेशमा अवरोध गर्ने उद्देश्यका साथ बार आन्दोलनमा उत्रिँदै गर्दा अधिकारीलगायत बारकै विरोधमा प्रदर्शनका लागि अदालत परिसर पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा आन्दोलन भइरहेको छ । यता प्रधानन्यायाधीश पक्षधरको पनि आन्दोलन देखिन थालेको छ ।

न्यायालय शुद्धीकरण आवश्यक रहेको र प्रधानन्यायाधीशले सेटिङ गरिरहेको तथा उनले राजीनामा दिनुपर्ने भन्दै नेपाल बार चरणबद्ध आन्दोलनमा छ ।

यो पनि पढ्नु्स्

प्रतिक्रिया दिनुहोस्