काठमाडौं । डेढ लाख घुससहित दुई जना वडा सदस्य पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको ईश्वरपुर नगरपालिकाका वडा नम्बर ११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई घुससहित पक्राउ गरेको हो ।
लालबन्दी– ७ स्थित कृष्ण इन्टरप्राइजेजबाट आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सेवाग्राहीलाई दुःख दिएर उनीहरुले घुस लिएका थिए ।