काठमाडौं । प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम रन्मामैमकोट गाउँपालिका–३ का २३ वर्षीय विकाश गुरुङ छन् ।
महानगरीय अपराध महाशाखाका अनुसार उनलाई प्रहरीले काठमाडौं गैरीधाराबाटबाट १९ लाख ६० हजार रुपैयाँसहित शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका विकाशले वाटस्एप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिठ्ठा परेको, विदेशबाट सामान तथा पार्सल आएको भन्दै उक्त सामान लिन र चिठ्ठामा दावी भुक्तानी लिन कर तिर्नु पर्ने बहाना बनाइ रकम ठगी गरेका प्रहरीले जानकारी दिएको छ ।
उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।